विश्व कप छनोट खेल्न नेपाली क्रिकेट टोली आज साझ ओमान जाँदै

माघ २५ः आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्ने भएको छ ।

विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली आजराति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघले जानकारी गराएको छ ।

ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।

छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ।