माघ २५ः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सो प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जनाएको मंगलबार दिउँसो प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ । देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो तुवाँलो लागेको छ । विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौंको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १६ दशमलव नौ डिग्री सेल्सियस छ ।