विप्लव नेतृत्वको जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा माओवादी केन्द्रमा प्रवेश

माघ २५ः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

तिरुवासहित जुम्लाको सिङ्गो कमिटी माओवादी केन्द्रमा समाहित भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान खुमलटारस्थित निवासमा उनीहरूलाई पार्टी प्रवेश गराएका छन्।

तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरू पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।