कर्णाली र चितवनबीच कडा प्रतिस्पर्धा, ६ विकेटले हार्याे चितवन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको पहिलो खेलमा चितवन राईनोजलाई कर्णाली याक्सले ६ विकेटले हराएको छ ।

सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा जित निकालेको हो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ ।

टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।