पसार्गढी नरपालिका बरूटाँडीमा कंस बध मेला लाग्ने

पर्सागढी-  पसार्गढी नरपालिका वडा नं ४ बरूटाँडीमा कंस बध मेला लाग्ने भएको छ । मेलाले पर्सा गढीको संस्कृती पर्यटन र आर्थिक तवरले वृद्धि हुने छ। भाद्र 21 गते कृष्ण बलराम मेला  प्रमुख अथिति कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय अजयकुमार चौरिसा ज्यू द्वारा उदघाटन हुने मेला समितिले जनाएको छ ।मेलाका आकर्षण गर्नु इस प्रकारका रहेका छन् ।कृष्ण बलराम द्वारा सांस्कृतिक कार्यक्रम बाना बनौथिको कार्यक्रम पनि हुने छ ।कब्बबडी खेल हुने छ।21 गते राति नाच को बेवस्ता पनि रहेको छ ।घोडा दौडको कार्यक्रम पनि हुने छ हाथी द्वारा कंस बध हुने छ।
कंस बध मेला आज भन्दा धेरै पैले देखि नै लाग्दै आएको छ कृष्ण अष्टमी को छैठौं दिन मा उक्त मेला लाग्ने जनाइएको छ। उक्त मेला मा बाँस बाट कंसको ठूलो मूर्ति बनाएर एउटा चौरमा त्यसलाई ठडयाएर राखिन्छ राम बलराम बनाइन्छ राम बलरामलाई हाथी माथि चढाएर कृष्णा बलरामलाई पुरै गाउँ घुमाइन्छ र कंसको विशाल मूर्तिलाई कृष्णा बलरामलाई तिरहान्न लगाइन्छ र अन्तिम मा उक्त विशाल कंस को मूर्ति लाई हाती द्वारा ढल्न लगाएर कंसको बध गरिन्छ।