आईसीसी महिला टी-२०: नेपाल र हङकङबीचको पहिलो खेल रद्द

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ।

थाइल्यान्डको बैँककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा बिहान सबा ८ बजे सुरु हुनु पर्ने खेल टस समेत नभइ रद्द भएको हो।

नेपालले अब आफ्नो दोस्रो खेल शनिबार बहराइनविरुद्ध खेल्नेछ। छनोटमा नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन्। समूह ‘ए’ मा आयोजक थाइल्यान्डसँगै भुटान र कुबेत छन्। समूह ‘बी’ मा युएई, कतार र मलेसिया छन्।

डबल राउण्ड रोविनमा समूह चरणका खेल हुनेछ। समूहका शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछन्। सुपर थ्री को शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन्।