रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन, आइतबार फेरि उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेको थुनछेक बहस बुधबारबाट जारी छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।