हिजो बढेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । बुधबार नेपाली बजारमा बढेको सुनको मूल्य बिहीबार घटेको छ । चाँदीको मूल्य भने आज बढेको छ।

बुधबार तोलामा १४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ घटेको हो।

मूल्य घटेर आज सुन तोलाको एक लाख ६० हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य आज एक हजार आठसय ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ प्रतितोला एक हजार ८ सय ५५ रुपैयाँ थियो।