उपसभामुख उम्मेदवार इन्दिराले भनिन् – सडकमा कराइरहने भुईंमान्छे हुँ

काठमाडौं । उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाएकी छिन् ।

उपसभामुखकी उम्मेदवार रानाले जनताको पक्षमा काम गर्ने बताएकी हुन्।

उनले भनिन्, ‘एकदमै खुसी लागेको छ। सडकमा आवाज उठाउने मान्छे। सबैको सर्वसहमतिबाट माया प्रेम पाए। आम जनता र देशलाई भलो हुने निर्णायक भलो खेल्नेछु।’

उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् । राना मगरलाई रास्वपाकी सांसदले उपसभामुखमा प्रस्ताव गरेकी थिइन् ।

नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन उनको समर्थक छन् ।