हजका लागि साउदीबाट आयो १२ सय जनाको कोटा

काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ ।

उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट  https://nepalhajj.moha.gov.np/   मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ ।

चैत ४ गतेभित्र आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता वापत दुई लाख २५ हजार रुपैयाँ बुझाउनु पर्ने हज समितिले जनाएको छ ।

haj yatra1676507578.JPG