आजको मौसम ः पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं, जेठ २५ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आशिंक मात्रै प्रभाव रहेकाले आज पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार कोशी,गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, कोशी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाको अनुसार, तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने भएकाले उक्त भू–भागहरूमा तातो हावा चल्ने छ । जसका कारण लू चलिरहेको हुनाले त्यसबाट जोगिन सबैलाई महाशाखाले सचेत पनि गराएको छ ।