केपि कुमार जलन/ जेष्ठ ३०
नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ सांगीतिक कोसेली ‘मलाय अन्त नजर नलाए’ सार्वजनिक भएको छ। गायिका बिमला श्रीस र गायक बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो चर्चा बटुल्न थालेको छ।
प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको सुन्दर भाव बोकेको यस गीतमा शिवा कनौजे मगरको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गीतको संगीत संयोजनलाई थप आकर्षक बनाउन मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
गीतको भिडियोमा बबिन सिंह ठाकुरी र सुजाने सिंह खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त प्रस्तुतिले गीतको भावलाई अझ प्रभावकारी बनाएको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् भने छायांकन बुद्ध थापा र सम्पादन तथा कलर संयोजन मनोज कार्कीले गरेका छन्।
सार्वजनिक भएलगत्तै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। लोकदोहोरी संगीतका पारखीहरूले गीतको शब्द, संगीत, गायन र भिडियो निर्माणको खुलेर प्रशंसा गरिरहेका छन्।
नेपाली लोकगीतको मौलिक स्वाद, आधुनिक प्रस्तुति र उत्कृष्ट कलाकारहरूको सहकार्यले मलाय अन्त नजर नलाए लाई यस वर्षको चर्चित लोकदोहोरी गीतमध्ये एक बनाउने अपेक्षा गरिएको छ।


















