काठमाडौं, जेठ २९ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चुरे क्षेत्रको दोहनमा देशको उच्च ओहदाकै व्यक्तिहरुको हात रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद सुवालले बजेटले नेपालको कृषि उत्पादनलाई ध्वस्त पार्न खोजेको आरोप लगाए । उनले भने ‘चुरे क्षेत्रको ढुङगा गिटी बालुवा दोहनमा प्रधानमन्त्री, अर्थमन्त्री, गृह मन्त्री कै हात रहेको हुँदा सिडिओहरु हामी यसमा केही गर्न सक्दैनौं भनिरहेका हाईनन र ?
अबको मन्त्रिपरिषदको बैठक चुरेमा बस्नु पर्दैन् र ? विषादी भएको तरकारी र फलफुल आयात कर ल्याएर बजेट बनाउनु नेपालको कृषि उत्पादनलाई ध्वस्त बनाउनु किन होईन ? आफ्नो निर्वाचन क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुले बजेट धेरै राख्नु वडाअध्यक्ष जस्तै भएको हैन र ?

















