२५ वर्षकै उमेरमा सिउदो पुछिएकी चेतनाको संर्घष र सफलता (टोल देखि वडासम्म)

जेष्ठ ९ : नेपाली समाजमा ८ वर्ष देखिको महिला माथीको उत्पिडन बाकीँ छ, जस्लाई हामी संसारको सबैभन्दा लामो दुख भन्छौ । यसको मूल जड भनेको  ”पितृसत्ता हो” । यो व्यवस्थाले महिलाहरु चुलोचौकोमै रहनुपर्छ, घर समाज पुरुषले मात्रै चलाउन सक्छन वा चलाउनुपर्छ भन्ने मानसिकताको हावि गर्छ यस्तै ब्यवस्था भोग्दै आएकी अधिंकास महिला मध्येको एक हुन चेतना श्रीपाली

नेपाली कांग्रेस तमानखोला गा.पा. ५ बाट दलित महिला सदस्यमा बिजयी बनेकि चेतना उमेरले ३२ वर्षकी भईन, २०६५ सालमा १८ वर्षको कलिलो उमेरमा विबाहा गरेकी उनको जिन्दगी हासो खुशीमै बितेको थियो, गाँउघरमा खासै चेतनाको बिकास नभएको कारण छोरिको उमेर बढ्दै जादा परिवारमा चिन्ता थपिदै जानु स्वभाविक थियो, हुर्केको चेली बिवाहा नगर्दै कतैै बदनाम सुन्न पर्ने हो कि भन्ने अधिकासं बाबा आमाको मनको चिन्ता हो । यो सोचले गुज्रिएको समाजमा महिलालाई धेरै पढाउनुपर्छ भन्ने सोचको बिकास हुनु परको कुरा थियो त्यसकारण पनि गाँउघरमा महिलाहरु सानै उमेरमा विबाहा गर्न बाध्य हुन्थे यसैको चपेटामा परिन चेतना पनि ।

सानै उमेर देखि आम महिला भन्दा चेतना केही फरक स्वभावकी थिईन् मान्छे संग बोल्न वा काहीकतै जान उनलाई डर लाग्दैन थियो, परिवारको समेत राम्रो सपोट मिलेको कारण उनलाई सानै देखि समाज बुझ्न झनै सहज बनेको उनी सम्झन्छन् । एक समय थियो मान्छेहरु खुशीहुन प¥र्यो भने चेतनालाई हेर भन्थे, चेतनाको मुहारमा हासो बेसि रोडन कम थियो आफ्नो जिन्दगी सुखमय चलेकोमा स्वयम् चेतना खुशी थिईन ।

तर विडम्वना हो वा लेखान्त नै त्यस्तो रह्यो उनको खुशी लामो समयसम्म रहन पाएन , पारिवारिक रुपमा निकै खुशी साथ बाचेको चेतनाको जिन्दगीमा एकाएक आधिहुरी आयो, खुशीले भरिभराउ मन सिस्नोमा परेको बेलून फुटेझै फुट्यो जीन्दगीमा एकपटक कालो बादल लाग्यो चारैतिर उनको निमिक्त चकमन्न अधेरो छायो किनकी उनले बिवाह गरेको ८ वर्षमा आफ्नो श्रीमान गुमाउन पुगिन ।

२०७५ साल फागुन २२ गतेको दिन बडिगाड १० निगलपानी नामक ठाँउमा नयाँ बाटो खन्ने क्रममा उनका श्रीमान प्रेम श्रीपालीको माथी बाट पहरा भड्किएर बाटो खनिरहेको मेसिन भित्रै ज्यान गयो, त्यो दिन देखि चेतनाको जिन्दीगीमा खुशीहरुले एकाएक साथ छोडे, दुख र आशुहरुले बास मागे उनको आखाँ त्यस दिन कहिल्यै ओभानो रहेनन् जिन्दगीमा बाच्ने आसाहरु सबैतीर हराउदै गयो उनलाई आफू बाच्नुपर्छ भन्ने सोच नै आउन छोडि सकेको थियो ।

२५ वर्षको उमेरमा सिउदो पुछिनु सामान्य पिडा थिएन चेतनाका लागी , श्रीमानको मृत्यु भए संगै उनको जिन्दगीमा नैराश्यता आउन थाल्यो उनी दिनप्रतिदिन कमजोर हुदै जान थालिन ! उनलाई अहिलेपनि त्यो पल सम्झिदा भक्कानो फुटेर आउछ , समय बित्दै गयो मर्नेहरु संगै जलेर जान सकिदैन रहेछ भन्ने लाग्दै गयो उनीहरुका १ छोरी र १ छोरा छन तिनीहरुकै निमिक्त भएनी म बाच्नुपर्छ भन्ने चेतनालाई लाग्दै गयो ।

आफुमा गुम्दै गएको चेतना र कमजोरपना लाई हटाउदै उनले आफुमा शक्ति खोज्न थालिन बाच्नुमा आशाहरु देख्न थालिन, मान्छेको बाध्यता नै रहेछ विगत भुलेर बाच्नुपर्ने उनको मनको घाउमा बिस्तारै खाटो बस्दै गयो, पिडाहरु कम हुदै गयो बाच्नुपर्नेमा हजार कारण भेट्न थाले यसरि उनले आफुलाई बिस्तारै बलियो बनाउदै लैजान थाले । ईनारझै तहकिएर बसेको एउटा गहिरो पीडा मनमा त छदै थियो तर चेतनाले पीडालाई गुपचुप राख्दै हासो खोजीन , दुख भित्रपनि खुशी खोज्न थालिन जीन्दगीमा बिस्तारै उर्जा पलाउन थाल्यो उनले संसार उज्यालो देख्न थालिन र मृत्युवरण गरेका श्रीमानलाई सधै जिवित रहेझै बनाउनका लागी पनि नयाँ ढंगले अगाडि बढ्ने आफैसंग सहमति गरिन अठोट गरिन ।

चेतना अहिले मनमा पीडा नै नभए जस्तो गरि सबैसंग बोलचाल गर्छन , सामाजीक काममा जान्छन मानौ उनको जिन्दगीमा कुनै दुख नै छैन जसरि खुशी देखाउछन यो उनी किन पनि गर्छन भने आफुजस्तै कम उमेरमा श्रीमान गुमाउन परेका नारीलाई प्रेरणा जागोस् बाच्नुमा गौरव लागोस वा एकल नारी पनि यो समाजमा अन्य नारी सरह बाच्न पाउनुपर्छ भन्ने चेतनाको बिकास होस् भन्ने उनी सम्झन्छन ।

चेतनाले श्रीमानको मृत्युपछि सेतो बस्त्र धारण गरेर हिडेनन् सिउदोको सिन्दुर मेटाए पनि उनी आम महिला जस्तै बनेर हिडेकी छन् गाँउघरमा कुरा नकाटे पनि शहर तिर झर्दा केही महिलाहरु नै किन रातो कपडा नै पहिरिएको ? भनेर प्रश्न गर्छन त्यो बेला मनमा चसक्क कतै सियोले घोचेझै महसुस त हुन्छ तर मन बहकिन नपाउदै उनी सोच्छन मान्छेहरुको प्रश्नबाट म कमजोर हुनुहुन्न मलाई के ठिक लाग्छ त्यो गर्ने हो भनेर ।

गाँउघरमा सबै आफन्तले उनी माथी गर्ने ब्यवहार राम्रो भएको उनी सुनाउछन् पारिवारिक रुपमा राम्रो साथ सपोट भएको उनको भनाई छ, पछिल्लो केही समय यता उनी फुर्सदको समय सामाजिक संजालहरु फेशबुक टिकटक प्रयोग गरेर आफुलाई ब्यस्ट बनाउथे अहिले त्यो पनि उनलाई उपयुक्त लाग्न छोड्यो सधै यहाँ बरालिएर मात्रै पुग्दैन रहेछ म समाज संग जोडिनुपर्छ, सामाजीक काममा मेरो भुमिका हुनुपर्छ म जस्तै महिला , एकल महिला र दलित महिलाको निमिक्त मैले केहीँ नयाँ गर्नुपर्छ भन्ने उनलाई लाग्दै गयो त्यसपश्चात उनी स्थानीय चुनावमा सदस्य तर्फ उमेद्धवारी दिने निर्णय गरिन ।

उनलाई थाहा भयो कोही मर्नु भनेको जीवन सकिनु होईन, जिन्दगीमा आसाको बत्ति निभ्न दिन हुदैन, म लडेकि हु मरेकि होईन मैले मेरो उर्जा र बिवेकलाई समाज बिकासमा रुपान्तरण गर्नुपर्छ , त्यसपछि उनी चुनाव लड्न तयार बनिन् ४३६ भोट लिएको उनी आफ्नो प्रतिद्धन्दीलाई १७१ मतको अन्तर राख्दै विजयी बनिन् ।

राजनितिमा सफलता मिलेसंगै उनी आफु थप जिम्मेवा बनेको महसुुस गरेकि छिन, समाजमा महिला र बिशेषगरि दलित महिलामाथी हुने गरेको हिंसा र अन्यायको बिरुद्ध आफु निरन्तर लागी रहने चेतना बताउछिन् , राजनितीमा आएर आफुले पैसा कमाउछु भन्ने कुनै प्रलोभन नबोकेको उनको भनाई छ ,यो ५ वर्षे कार्यकालमा म मेरो र सिगो तमानखोला ५ खुंखानीको महिलाको चरित्र माथी कुनै दाग नलाग्ने गरि काम गर्छु , मैले म माथीको भरोसा र आसा मर्न दिने छैन मैले म स्वयम् संग प्रतिबद्धता गरेको छु मेरो कार्यशैली र बिश्वासका कारण ५ नम्बर बासी महिलाई महिला हुनुमा गर्व महसुस हुनेछ भनेर ।