काठमाडौँ — अन्तरकलेज बास्केटबल तथा फुटबल प्रतियोगिता हुने भएको छ । बास्केटबल सिर्जनशील स्पोटर््स क्लब तथा फुटसल भिजन स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने लागेको हो ।
थ्री बाइ थ्री स्वरुपमा हुने बास्केटबलको ब्वाइजमा ६० र गर्ल्समा ४० टिम प्रतिस्पर्धी हुने सिर्जनशीलका अध्यक्ष सुदेवजंग पण्डितले जनाएका छन् । प्रतियोगिता ५ बैशाखदेखि सुरु हुनेछ । स्पर्धा टोखा नगरपालिका–१० स्थित ज्ञान संस्कार स्कुलको कोर्टमा खेलाइने छ ।
फुटसलमा २४ ब्वाइज टिमको सहभागिता रहने भिजनका अध्यक्ष वृजेश बोहराले जानकारी गराए । प्रतियोगिता टोखा नगरपालिका–६ स्थित ग्रान्डी स्पोटर््स एकेडेमीमा खेलाइने छ । फुटसल ७ बैशाखदेखि सुरु हुनेछ ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको सहयोगमा हुने दुवै प्रतियोगिता नकआउट आधारमा खेलाइने छ । दुवै प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।


















