बाग्लुङ जिल्लाबाट प्रथमपल्ट प्रतिनिधित्व गर्दै दलित महिला तर्फ दिलमाया रामदाम पौबीको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दर्ता

नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनमा बाग्लुङ जिल्लाबाट प्रथमपल्ट प्रतिनिधित्व गर्दै दलित महिला तर्फ दिलमायारामदाम पौबीले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषण गर्नुभएको छ।

वहाँ २०५५/५६ देखि क्याम्पस इकाई सदस्य हुँदै राजनीति मा सहभागी हुनु भएको हो। ६२/६३ को आन्दोलनमा एरिया महिलाहरू को तर्फबाट सहभागीता जनाउदै २०७०मा नेपाल महिला संघ को केन्द्रिय प्रतिनिधि हुनु भयो।२०७२ मा  नेपाल महिला संघ को नगर सचिब हुँदै २०७४ को स्थानीय निर्वाचन मा सहभागी भै झिनो मन्तान्तर ले उपमेयर पद मा पराजित हुनु भयो।२०७८ मा चौधौं महाधिवेशन प्रतिनिधि र २०७९ गण्डकी प्रदेशको सभासदस्या भै आफ्नो जिम्मेवारी पुरा गर्दै आउनु भएको छ । यस बाहेक पनि वहाँ अल्पकालिन महिला सेवा केन्द्र ,सामुदायिक प्रहरी सेवा केन्द्र महासचिव मा आबद्ध हुनुहुन्छ । बिशेष गरि महिला दलित बालबालिका को हितमा काम गर्दै आउनु भएको उहाँ दलितहरुको आवाज,ससक्त बनाउदै महिला सहभागी,पिछडिएको बर्ग,भूगोल र समाबेशी सहभागीताको लागी उहाले उम्मेदवारी दिनु भएको हो ।

अब गाउँको आवाज केन्द्रमा भन्ने मुल नाराका साथ सहभागी हुनुहुदैछ।समाजबाद भन्नु नै समानता पाउनु हो पिछडिएको बर्ग,भूगोलले प्रतिनिधित्व पाउनु नै  मुल उद्देश्य हो।

यस महाधिवेशनमा सहभागी पालिका सभापति ज्युहरु,प्रदेश र क्षेत्रीय सभापति ज्युहरु,हजारौं कार्यकर्ताको मन जितेर महाधिवेशन प्रतिनिधि बनि सहभागी हुनुहुने सम्पुर्ण महाधिवेशन प्रतिनिधि ज्युहरु, जनसम्पर्क एशिया प्यासिफिक,युरोप,र अमेरिका क्यानडा समितीका सभापति तथा प्रतिनिधि ज्युहरुमा आफ्नो अमुल्य मत दिएर अत्याधिक मतले बिजयी गराईदिनुहुनको लागि वहाँ ले अनुरोध गर्नु भएको छ।