साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ७२.३० अंकले घटेको छ ।
आइतबार बजार परिसुचक २५१३. ३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज सबै समूहहरु राताम्मे बनेका छन् ।
उक्त दिन नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आ कम्पनीको २८ करोड ६२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको १७ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन न्यादी हाइड्रोपावरका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् । आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ ३० पैसाले वृद्धि भई ४५४ रुपैयाँ ४० पैसा पुगेको छ ।
आज यी कम्पनीसहित नयाँ सारथी लघुवित्त, मैलुङ खोला हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।यस्तै उक्त दिन आईसीएफसी फाइनान्सको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७ रुपैयाँ ९० पैसाले घटेर ७४८ रुपैयाँ १० पैसा कायम भएको छ ।
आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि गिरावट आएको छ । आज कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशत अर्थात प्रतिकित्ता १२२ रुपैयाँ ९१ पैसाले घटेको हो ।
यी कम्पनीहरुसहित कर्णाली डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट बैंक, पञ्चन्या माई हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक, युनाईटेड मोदी हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले उच्च दरमा गुमाएका छन् ।