वीके सेवकद्धारा लिखित कविता संग्रह मान्छे र माटो लोकार्पण

डा.मान बहादुर विश्वकर्मा (वीके सेवक) द्धारा लिखित कविता संग्रहको दोस्रो संस्करण कविता संग्रह मान्छे र माटो लोर्कापण भएको छ।

दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव समेत भैसकेका डा.मान बहादुर विश्वकर्माको दोस्रो संस्करण कविता संग्रह मान्छे र माटो लोर्कापण भएको हो ।

पुस्तकबारे बोल्दै डा. बिश्वकर्माले नेपाल सरकारको सचिव हुदा समेत जातिय विभेदको अनुभुति गरेको र त्यसैको फलस्वरुप आफ्नो कविता संग्रह मान्छे र माटो  जन्म भएको बताएका हुन ।
विश्कर्माको बुझाईमा सृजना भनेकै पिडा अप्ठयाराको बिचमा जन्मिने भएको र आफ्नो कविता संग्रहपनी त्यही अनुरुप जन्मिन पुगेको बताएका हुन।

उनका कवितामा विधार्थी उमेरमा भोगेका अनेकौं कथा र भोगाईहरु छन, डा. विश्वकर्मा आफ्नै गाँउमा सबैभन्दा राम्रो पढेको र पहिलो एस.एल.सी दिने बिधार्थी भएतापनी उबेला दलित भएकै कारण शिक्षक बन्न नदिएको तितो अनुभव सुनाउदै भने यहीँ र यस्तै उत्पिडनहरु बाट जन्मिएको कविता संग्रह हो मान्छे र माटो

२०६३ सालमा पहिलो संस्करण लोकार्पण भएको मान्छे र माटो कविता संग्रहको पहिलो कविता मेरो प्रतिभालाई नकुल्चिदेउ २०४० सालमा लेखेका थिए।, ६० वटा कविता समेटिएको उक्त संग्रहमा अधिकांश आफ्ननो भोगाई र अनुभवहरु कितावमा समेटिएको लेखक विश्वकर्माको भनाई छ ।
कविता संग्रहमाथी समिक्षा गर्दै डा. गोबिन्द नेपालीले कविता निकै ओझिलो र गर्विलो रहेको भन्दै लेखकले कविता संग्रहमाथी गरेको न्यायप्रति तारिफ गरेका हुन ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका रणेन्द्र बरालीकोको सभापतित्वो, कणी प्रदेशका माननीय प्रदेश प्रमुख तिलक  परियारको प्रमुख आतिथ्यता र बहराईनका लागी पूर्व राजदुत समेत रहेका पदम सुँन्दासको बिशेषआतिथ्यता रहेको उक्त लोकार्पण कार्यक्रममा सामाजीक काम र बिशेष गरि तराईका दलित बस्तिका बालबालीकालाई पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै भीममाया स्मृती पुरस्कार द्धारा पीस फर दलित फाउन्डेशन नेपाल संस्थाका अध्यक्ष मनोज रामलाई नगद रु ५० हजार सहित सम्माणपत्र द्धारा सम्मान गरिएको थियो ।

डा. विश्वकर्माले आफुले सानै बाट निकै दुख संघर्ष गर्दै नेपाल सरकारको सचिव जस्तो गरिमामय पद सम्हाल्ने अवसर प्राप्त गरेको र त्यो दुखको अनुभूति गरेको हुदा पुस्तकबाट प्राप्त हुने सम्पुर्ण लाभांस तिनै बालबालीकाको निमिक्त दिने घोषणा गरेका छन ।