फागुन ९
भजनी नगरपालिका (९) स्थित विवाहमा भएको झगडामा २५ वर्षीय बसन्त चौधरीको आइतबार राति मृत्यु भएको छ ।
विवाहमा बसन्तसहित सोही स्थानका २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भई झै झगडा हुँदा कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न रहेको आरोपमा चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अनुसन्धान पछि चारै जनामाथि कानुनी कार्वाही गरिने प्रहरीको भनाई छ ।