साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १० हजार ५ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३०५ रुपैयाँले घटेर प्रतितोला ४६४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४५ हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९७८ रुपैयाँ कायम भएको छ ।


















