इन्द्रजात्रा (येँयाः) काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमध्ये एक हो। यो पर्व विशेष गरी नेवार समुदायद्वारा वर्षा, सहकाल, र समृद्धिका देवता इन्द्र को पूजा-आराधना गरी मनाइन्छ।
पौराणिक कथन अनुसार भगवान् इन्द्रकी आमा डाकिनी (दगीं) ले वसुन्धराको व्रत बस्नका लागि विशेष पूजा अर्चना गर्न पारिजातको फूल (कसै-कसैको मत अनुसार ‘मन्दार’ वा सेतो स्वाँ/फूल) को आवश्यकता परेको थियो।स्वर्गलोकमा उक्त फूल नपाइएकाले भगवान् इन्द्र साधारण मनुष्यको रूप धारण गरी मत्र्यलोक (काठमाडौँ उपत्यकाको मनिचूड वा काठमाडौँ वरपरको क्षेत्र) मा ओर्लिए। इन्द्रले एक किसानको बगैँचामा सुन्दर पारिजातको फूल देखे र धनी/मालिकलाई नसोधीकन चोरेर टिप्न थाले। बगैँचाका मालिक तथा स्थानीयहरूले उनलाई फूल चोर ठाने र तन्त्रशक्तिको प्रयोग गरी नियन्त्रणमा लिएर डोरीले बाँधेर शहरको चोकमा सार्वजनिक प्रदर्शनमा राखे। छोरा धेरै समयसम्म स्वर्ग नफर्किएपछि चिन्तित भएकी आमा डाकिनी (दगीं) इन्द्रलाई खोज्दै काठमाडौँ आइपुगिन्। उनले स्थानीयहरूसँग आफ्ना छोरा स्वर्गका राजा इन्द्र भएको परिचय दिँदै उनलाई मुक्त गर्न प्रार्थना गरिन्।
स्थानीयहरू इन्द्रलाई छाड्न सहमत भए, तर त्यसको बदलामा दुईवटा शर्त/वरदान मागेका थिए, जसअनुसार खेतीपातीका लागि वर्षा र समयमा कुहिरो (कुहासा) दिनुपर्ने, जसले गर्दा धान फसल सप्रियोस्, काठमाडौँमा मृत्यु भएका व्यक्तिहरूको आत्मालाई स्वर्ग लैजानुपर्ने, डाकिनीले यी शर्तहरू स्वीकार गरिन्। इन्द्रलाई मुक्त गरियो र डाकिनीले काठमाडौँ उपत्यकामा कुहिरो (दगीं कुहिः) छाडिदिइन्, जसले शीत पारेर बालीनाली सप्रिन मद्दत गर्यो। त्यसै खुसीयालीमा इन्द्रजात्रा मनाउन थालिएको धार्मिक बिश्वास छ।


















