म्याग्दी। लोकप्रिय नेपाली सांगीतिक समूह नेपथ्यले शनिबार बेनीमा खुला सांगीतिक प्रस्तुति दिएको छ।
कार्यक्रममा मुख्य गायक अमृत गुरुङले युवाको विदेश पलायन र नेपालको सामाजिक अवस्थासँग जोडिएका विषय उठाएका थिए।
संगीतमार्फत सामाजिक सन्देश दिने नेपथ्यको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको छ।


















