नेपाल र दक्षिण कोरियाको सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ।
चलचित्र बोइम ह्वाङको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको हो। यस परियोजनाले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय चलचित्र निर्माण प्रक्रियामा सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय सहकार्यमा चलचित्र निर्माण हुने क्रम बढ्दै जाँदा नेपाली कलाकार तथा चलचित्र क्षेत्रले नयाँ अवसर प्राप्त गर्ने सम्भावना देखिएको छ।


















