हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न नेपालमा ४९.९४ मिलियन अमेरिकी डलरको परियोजना सुरु

हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा ४९.९४ मिलियन अमेरिकी डलरको हिमताल जोखिम न्यूनीकरण परियोजना सुरु गरेको छ।

नोभेम्बर २५ मा सार्वजनिक गरिएको परियोजनाले हिमताल विस्फोटबाट हुन सक्ने बाढीको जोखिम कम गर्दै हिमाली तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा गर्ने लक्ष्य राखेको छ।

परियोजनाअन्तर्गत चारवटा उच्च हिमाली तालको पानीको सतह घटाउने, मौसम तथा जलविज्ञान निगरानी प्रणाली विस्तार गर्ने र पूर्वसूचना प्रणालीलाई बलियो बनाउने योजना छ।

यस परियोजनाबाट प्रत्यक्ष रूपमा ३ लाख ८५ हजारभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजना सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुनेछ।

हिमाली क्षेत्रमा हिमनदी पग्लिने र हिमताल विस्तार हुने क्रमले जोखिम बढाइरहेको अवस्थामा यो पहल महत्त्वपूर्ण मानिएको छ।