महिला हिंसाविरुद्ध शून्य सहनशीलता व्यवहारमै लागू गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री बालेन्द्र शाहले महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

नोभेम्बर २५ देखि सुरु भएको १६ दिने अभियानका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्रीले हिंसापीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्नुपर्ने बताएका छन्।

उनले पछिल्लो समय अनलाइन तथा डिजिटल माध्यमबाट हुने हिंसा पनि चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै त्यसको नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

अभियानलाई सफल बनाउन सरकार, नागरिक समाज, सञ्चारमाध्यम, सामाजिक सङ्घसंस्था तथा आम नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ।