इलाम। दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यले इलामलाई दलित अधिकार दशक (२०८३–२०९३) मनाउने संकल्पसहित १३ बुँदे घोषणापत्र जारी गरिएको छ।
घोषणापत्रमा जातीय विभेद तथा छुवाछुत अन्त्य, सामाजिक समावेशीकरण र दलित समुदायको अधिकार कार्यान्वयनका लागि स्थानीय तहमा आवश्यक पहल गर्नुपर्ने विषय समेटिएको छ।
दलित समुदायको सम्मान, समान अवसर र अधिकार सुनिश्चित गर्न स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता यस घोषणाले औँल्याएको छ।


















