ताप्लेजुङ। जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले ताप्लेजुङलाई पूर्ण छुवाछुतमुक्त जिल्ला बनाउने संकल्पसहित ११ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गरिएको छ।
घोषणापत्रले जातीय समानता, सामाजिक सद्भाव, मानव अधिकार र सबै समुदायको सम्मान सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ।
छुवाछुतमुक्त समाज निर्माणका लागि कानुनी व्यवस्था मात्र नभई सामाजिक व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिएको छ।


















