तमानखोला गाउँपालीका ४ लाम्मेलामा नेट्वर्क परिक्षण सफल स्थानीय हर्षीत

असार १२ : पश्चिम बाग्लुङ्गको तमानखोला गाउँपालीका ४ लाम्मेलामा नेपाल टेलीकमको नेट्वर्क परिक्षण सफल भएको छ।

लामो समयदेखि नेट्वकको पहँचबाट बन्चित बनेको लाम्मेलाबासीन्दालाई अब भने राहत मिल्ने नेपाल टेलीकम बाग्लुङ्गका कार्यालय प्रमुख तथा बरिष्ठ ईन्जिनीयर केशब शर्माले जानकारि दिएका छन।

तमानखोला ३ धरानपुर नजिकै रहेको नेपाल टेलीकमको नेट्वर्कले वडा नं. ४ लाम्मेलाको तल तल रहेका बस्तिहरुमा काम गरे पनि माथी रहेको बस्तिहरु झाक्रिढुङ्गा, हिउदेखर्क, बाघखोर, पुरानतमान, बेस्टला,हल्लेखर्क गोर्दि लगायतका बस्तिका रहेका करिव ३सय घरधुरी नेट्वर्कको पहुँच विहिन भएका थिए ।

नेट्वर्क परिक्षण सफल भए संगै एक मिनेट फोन गर्नकै लागी अग्लो डाडाँ खोज्नुपर्ने बाध्यात्मक अवस्था दूर भएर सहजतामा परिणत हुने अपेक्षा रहेको स्थानीय बासिन्दाको भनाई छ । ४ दिन स्थानीय जनश्रमदान, र ४ दिन पोल तथा बिजुली ब्यवस्थापन गरि ८ दिनमा निर्माण सम्पन्न भएको उक्त नेट्वर्कले लाम्मेलाका कुना कन्डेरामा काम गर्ने गरि स्थान छनोट भएको ईन्जिनीयर केशब शर्माको भनाई छ ।

वाएरलेस डिभाईस कनेक्ट नभएसंगै रिले तार मार्फत भएपनी नेट्वर्क बिस्तार गर्न तमानखोला ईक्षुक देखिएपछि उक्त स्थानमा नेट्वर्क बिस्तार कार्य अगाडि बढाएको टेलीकमको भनाई छ। नेट्वर्क बिस्तारको निमिक्त पालीकाले करिव २ लाख बराबरको ४४सय मिटर रिले तार र १२ भोल्टेज, सय एम्पीयरको ४ वटा ब्याट्रि सहयोग गरेको प्रशासकीय अधिकृत बिकास लम्सालले जानकारि दिएका छन ।

नेट्वर्कका लागी आवश्यक ब्याट्रि तथा मेसेनरि सामानको सुरक्षाको निमिक्त बनाईएको ७ हात लम्बाई ७ हात चौडाईको ढुङ्गे घर निर्माणमाका लागी तला छाप्न प्रयोग हुने छ्वाउने ढुङ्गा कलमपुर ढुङ्गा ब्यवसायी र गज्जरखानी ढुङ्गा ब्यवसायीले स्वईक्षुक १–१ हात गरेर ८ हात ढुङ्गा सहयोग गरेको ब्यवसायी नरकुमार गोतामेले जानकारि दिएका छन ।  उक्त घर निर्माणका लागी प्रयोग भएको सिमेन्टे, वालुवा, गिटी,र सर्भिस तारको लागत जिम्मा शोले क्लबले लिएको क्लब अध्यक्ष अशोक छन्त्यालले बताएका छन।

दिनभर ब्याट्रि चार्चभएको खण्डमा ३० घण्टा निरन्तर सेवा लिन सकिने ईन्जिनीयर शर्माको भनाई छ, लाम्मेला प्राकृतिक रुपमा असाध्यै सुन्दर भएपनी नेट्वर्कको पहुँच नहुदा त्यहाँका आधा जस्तो जनसंख्याले सास्ती खेप्नुपरेको थियो नेट्वर्क बिस्तार भएसंगै त्यहाँका स्थानीय उत्पादन र पर्यटकीय सम्भावनाका स्थलहरुलाई प्रचारप्रसारमा जोड्न सहयोग गर्ने पालीका प्रमुख जोकलाल बुढाको भनाई छ ।

बिभिन्न राजनितीक दल र केही ब्यक्ति बिशेषको समेत बिशेष पहलबाट निर्माण कार्य सम्पन्न बनेको उक्त नेट्वर्क बिस्तारलाई निश्चित पार्टी बिशेष बनाएर भ्रम फैलाउन आवश्यक नरहेको बुढाको भनाई छ ।

निर्माण कार्य सम्पन्न भएतापनि नेट्वक नियमित संचालनमा आउन १,२ दिन लाग्न सक्ने समितीका एकजना सदस्यको भनाई छ, नेट्वर्कका आवश्यक पर्ने ३ किलोवाट बिजुली झाक्रिढुङ्गाबाट उक्त नेट्वर्क स्थलमा पुर्याएको समितिको भनाई छ ।
निर्माण समितिमा संयोजक मिम बहादुर श्रीपाली,उप–संयोजक खगेन्द्र छन्त्याल र समितिमाका सदस्यमा ज्ञान ब.श्रीपाली, अशोक छन्त्याल ,खिम श्रीपाली , तेजिन्द्र श्रीपाली लगायत रहेका छन ।