वर्तमान सरकारले निजी क्षेत्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ: अर्थमन्त्री डा स्वर्णिम वाग्ले

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्लले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो ।

उहाले वर्तमान सरकारले निजी क्षेत्र क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको धारणा राख्नुभयो । अर्थमन्त्री वाग्लले निजी क्षेत्रमाथि धरकपड हुन्छ भन्ने अनावश्यक ढंगले संशय राख्नुनपर्ने भन्दै राजनितीक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानलाई मात्रै अघि बढाइएको स्पष्ट पार्नुभयो । तर व्यवसायीको आवरणमा अपराधिक गतिविधि गरेको पाइएमा कारवाही हुने उहाको भनाइ छ ।

उहाले रास्वपाले चूनावी घोषणापत्रमा समावेश गरेका बिषयलाई नै प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेटको तयारी भइरहेको बताउनुभयो । अर्थमन्त्री वाग्लले रोजगारी सिर्जनादेखि उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीतिले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने प्रतिवद्धता समेत जनाउनुभयो । उहाले विदेशी लगानी भित्राउनका लागि पनि सरकारले उचित वातावरण बनाउने धारणा राख्नुभयो ।