कांग्रेस महाधिवेशनमा दुई घण्टामा १ हजार २९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

शुक्रबार बिहान ८स्३० देखि १०स्३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ। मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ।

महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्। उनीहरूले पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्।

शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी मतदान सुरु भएको थियो।

मतदानका लागि खुलामञ्चमा ६ प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। बागमती प्रदेशका प्रतिनिधिले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।