प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
साथै समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रिय महत्वका विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।


















