नेपालको ऊर्जा क्षेत्रलाई व्यवस्थित र दीर्घकालीन रूपमा विकास गर्ने उद्देश्यले राष्ट्रिय ऊर्जा नीति तयार गर्न समिति गठन गरिएको छ।
ऊर्जा मन्त्रीले गठन गरेको समितिलाई २१ दिनभित्र राष्ट्रिय ऊर्जा नीतिको मस्यौदा तयार गर्ने जिम्मेवारी दिइएको छ।
जलविद्युत् उत्पादन, आन्तरिक विद्युत् खपत, प्रसारण लाइन विस्तार तथा विद्युत् निर्यातलाई प्रभावकारी बनाउने विषय नीतिका महत्वपूर्ण प्राथमिकता बन्न सक्नेछन्।


















