नेपालमा वैज्ञानिक अनुसन्धानका लागि नयाँ उपलब्धि थपिएको छ। चितवनको भरतपुरमा जेब्राफिस अनुसन्धानमा केन्द्रित नेपाल जेब्राफिस इन नेचर सेन्टर (N-ZINC) को कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।
जेब्राफिस माछालाई आनुवंशिक, जैविक तथा चिकित्सा अनुसन्धानमा प्रयोग गरिन्छ। यस केन्द्रले नेपालमा अनुसन्धान र वैज्ञानिक अध्ययनको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।


















