नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने सूचना सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले यस्तो उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम संकलन गरी बजारमा रहेको तरलता व्यवस्थापन गर्ने गर्दछ।

यसले बैंकिङ प्रणालीको ब्याजदर तथा वित्तीय व्यवस्थापनमा प्रभाव पार्न सक्छ