मनाङमा दुर्लभ पल्लास बिरालो र हिउँचितुवाको निगरानी गर्न क्यामेरा ट्र्याप जडान

हिमाली क्षेत्रको दुर्लभ वन्यजन्तु संरक्षण तथा अध्ययनलाई प्रभावकारी बनाउन मनाङका विभिन्न स्थानमा क्यामेरा ट्र्याप जडान गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङ इकाइले पल्लास बिरालोको अध्ययन तथा हिउँचितुवाको नियमित निगरानीका लागि तीनवटा क्यामेरा जडान गरेको जनाएको छ।
क्यामेरामार्फत वन्यजन्तुको उपस्थिति, गतिविधि, बासस्थान र आवतजावतसम्बन्धी तथ्याङ्क संकलन गरिनेछ।

अध्ययनका क्रममा हिउँचितुवाका पाइला, नाउर र रातो फ्याउरोका संकेतसमेत भेटिएको जनाइएको छ।

दुर्लभ वन्यजन्तुको संरक्षण, बासस्थान पहिचान र जैविक विविधताको दीर्घकालीन व्यवस्थापनका लागि यो अध्ययन उपयोगी हुने अपेक्षा गरिएको छ।