सुर्खेत विमानस्थलमा बुद्ध एअरको जहाज अवतरण हुन नसकेपछि नेपालगञ्ज गयो

काठमाडौं । बुद्ध एअरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ।

त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि यु ४ (१३३) फ्लाइट नम्बरको जहाज बुधबार बिहान ८ बजेर १ मिनेटमा उडेको थियो ।

बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतका अनुसार सवा ९ मा सुर्खेत पुगेको जहाज भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको हो ।

४ जना चालकसहित ४६ जना यात्रु सवार जहाजले सुर्खेतको आकाशमा ३ फन्को लगाएको थियो ।

‘सुर्खेत उपत्यका छेउको मौसम राम्रो नभएपछि जहाज अवतरण हुन नसकेको हो, अवतरण गराउने प्रयास गरे पनि हुन सकेन,’ बस्नेतले भने, ‘नेपालगञ्जमा जहाज अवतरण भइसकेको छ, केही समयपछि सुर्खेत आउँछ।