आन्दोलित सर्वोच्चका चार न्यायाधीश इजलासमा फर्किए

काठमाडौं ,कार्तिक ३० :  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नियमित आन्दोलनमा रहेका सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

नियमित इजलासमा फर्किनेहरुमा न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी रहेका छन्।
यस अगाडि सम्म वार्तामा बस्न समेत ईक्षुक नदेखिएका उनीहरु हिजोदेखि नै नियमित ईजलासमा फर्किएका हुन , मंगलबार सुनुवाइमा फर्केका उनीहरुले संयुक्त इजलास अन्तर्गत बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ समेत गरेका छन् ।

यसअघि हिजो सोमबार उनीहरुले प्रधानन्यायाधीशबाहेकको न्यायाधीश र बारबीचको छलफलमा बस्न पनि अस्वीकार गरेका थिए ।

सोमबार प्रधानन्यायाधीश जबराले आन्दोलनरत न्यायाधीशहरुलाई वार्तामा आउन आह्वान गरेपछि बसेको आन्दोलित कानुन व्यबसायीहरुको बैठकमा उनीहरु जबराको पक्षमा खुलेका थिए।