प्रदेश २ का उद्योग तथा वनमन्त्री रामनरेश राय पदमुक्त

काठमाडौं, कार्तिक ३० : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई पदमुक्त गरिएको छ ।

प्रदेश २ मा नेकपा (एस) लाई समेत सरकारमा सहभागी गराउन मन्त्री पद खाली गराइएको हो ।

नेकपा (एस) का संसदीय दलका नेता शत्रुघन महतोलाई मन्त्री बनाउन लागिएको छ ।

पद रिक्त भएको उक्त मन्त्रालय अहिले मुख्यमन्त्री लालबाबु राउतले नै सम्हाल्ने छन् ।