काठमाडौँ, कार्तिक २ : नेपाल बार एसोसियसनले आकस्मिक बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत बारले बिहीबार आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी, पूर्व पदाधिकारी र सल्लाहकार सिमितिका सदस्यलाई समेत बोलाइएको छ ।
आज बारको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित दुई जना कानुन व्यवसायी सामान्य मात्रामा घाइते भएका थिए ।
बारको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि आगामी रणनीतिक तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठकले थप रणनीति बनाउने करा बताएका छन ।