सुगम बन्दै जुम्ला मङ्सिर १९ देखि एमबिबीएस कक्षा सञ्चालन हुदै

मंसिर २ काठमाडौं  : दुर्गम भनिएको जुम्लामा अब भने एमबिबिएस पढाई हुने भएको छ । उच्च शिक्षा अध्ययनको निमित्त देशको राजधानी र अन्यत्र जानुपर्ने समस्या अब जुम्लाबासिको लागी सधैंलाई दूर बनेको हो ।

यहि मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन हुने र विधार्थिलाई सदरमुकाम र अयन्त्र जानुपर्ने समस्या दूर हने भएपछि स्थानीयमा खुशी छाएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस)अध्ययनका लागि तयारी पूरा भएको छ ।

यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका डिन डा रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जानकारीदिनुभयो ।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयू)  र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ ।

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी) , सोही तहमा नर्सिङ ९बिडिएस० पनि अध्यापन हुँदै छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् ।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन् । यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच) , स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ ।