सर्लाहीमा कांग्रेसका निर्वाचन अधिकृत कुटिए

काठमाडौं  २ मंसिर :  नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ ।

अधिकृत दिवाकर पाण्डेयलाई पार्टी कार्यालयमा केही समुहले कुटपिट गरेका थिए ।

पाण्डेयलाई डा.अमरेसशकुमार सिंह पक्षसहित पार्टीका पुर्व सभापति लक्ष्मण राय यादव, सचिव नवीन अधिकारीको टोलीले पाण्डेयलाई हातपात गरेका थिए ।

यसअघि फरक समुहबीच सहमति जुटाउन नसकेको भन्दै निर्वाचन अधिकृत विनोद कार्कीले कात्तिक २६ गते राजीनामा दिएका थिए ।

कार्कीले राजीनामा दिएपछि पाण्डेय अधिकृतको रुपमा खटिएका हुन् ।
अधिकत दिवाकर माथी कुटपिट गर्नेहरु लाइ प्रहरिले खोजी गरिरहेको बताएका छन ।