मेरो खुट्टा तानेकाहरु आज प्रधानमन्त्रीको खुट्टा समातिरहेका छन् पार्टी अध्यक्षः ओली

काठमाडौं, मंसिर १०: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई काम गर्न समस्या भएको बताएका छन् ।

चितवनमा जारी १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भने प्रधानमन्त्रीले सायद काम गर्न चाहनुहुन्थ्यो कि तर प्रधानमन्त्रीजी लाई काम गर्न पनि गाह्रो छ किन कि हिजो मलाई अफ्ठ्यारो पार्ने मेरो खुट्टा तान्नेहरू आज उहाँको खुट्टा समातिरहेका छन् ।

उहाँलाई पनि अलिकति गाह्रो छ ।

उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने दाबी गर्दै एमालेले नै बाँकी रहेका विकासका कामलाई अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभिभारा पूरा गर्न बताए । स्थानीय तहका निर्वाचनमा ५० प्रतिशतभन्दा बढी एमालेले हासिल गर्ने उनको दाबी छ ।