केपि कुमार जलन
बुटवल । प्रथम लुम्बिनी लोकतारा–२०८३ को उपाधि पूर्वी रुकुमका प्रतिभाशाली गायक समीर पुन ले जित्न सफल भएका छन्। उत्कृष्ट गायन क्षमता, लोकसंगीतप्रतिको समर्पण र दर्शक–श्रोताको अपार मायाका कारण उनले प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन्।
प्रतियोगितामा सहभागी अन्य प्रतिभालाई पछि पार्दै समीर पुनले आफ्नो सशक्त प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जितेका थिए। उपाधि जितेसँगै नेपाली लोकसंगीत क्षेत्रमा उनको भविष्य अझ उज्ज्वल हुने विश्वास गरिएको छ।
समीर पुनलाई यस ऐतिहासिक सफलताका लागि हार्दिक बधाई तथा आगामी सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ। उनको यो उपलब्धिले पूर्वी रुकुमसहित सम्पूर्ण नेपाली लोकसंगीत क्षेत्रलाई गौरवान्वित बनाएको छ।


















