केपि कुमार जलन
नेपाली लोकसंगीत क्षेत्रमा नयाँ कोसेलीका रूपमा गीत ‘भिर नभाको बन’ सार्वजनिक हुने तयारीमा रहेको छ। बिशाल क्षेत्रीको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा रिना केसी र सुर्य खड्काकाे सुमधुर स्वर रहेको छ।
मौलिक भाव र लोकलयमा आधारित गीतले श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गीतको अडियो तथा भिडियो Bishal Chhetri YouTube मार्फत छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
गीत सार्वजनिक हुनुअघि नै कलाकारहरूले सम्पूर्ण संगीतप्रेमीलाई प्रतीक्षा गर्न आग्रह गरेका छन्। नयाँ स्वाद र मिठास बोकेको यस गीतले नेपाली लोकसंगीतमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।


















