केपि कुमार जलन
काठमाडौं । नेपाली मौलिक लोकसंस्कृति, परम्परा, भाका, शब्द तथा गाउँघरको जीवनशैलीलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘धुन माटो’ कार्यक्रमको औपचारिक उद्घाटन हुने भएको छ।
नेपालका गाउँबस्ती, कुना–कन्दरासम्म पुगेर पुर्खाको पालादेखि गाइँदै आएका मौलिक भाका, शब्द, लय तथा सांस्कृतिक सम्पदालाई उजागर गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। यस अभियानमार्फत स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा अग्रज स्रष्टा, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै नवप्रतिभाहरूलाई प्रोत्साहन गरिने बताइएको छ।
देश तथा विदेशमा रहेका शुभेच्छुक, कलाकार, संघसंस्था र सांस्कृतिक प्रेमीहरूको साथ, माया र हौसलाले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको गायक दुर्गा विरहीले जानकारी दिनु भयाे।
कार्यक्रममा सम्पूर्ण कला, संस्कृति तथा लोकसंगीतप्रेमी महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन हार्दिक अनुरोध गरिएकाे छ।
“धुन माटोमार्फत नेपाली मौलिकता, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।”


















