डोल्पा सदरमुकाम आसपासका गाँउहरु बिद्युत बिहिन

पौस १३ : डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो । उपकरणको मर्मतका लागि वुटबल पठाएको आयोजनाका कर्मचारी मुस्कान रावलले जानकारी दिनुभयो ।

सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत् सेवा प्रदान गरिँदै आइएको थियो ।राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन वित्तिकै सबै सेवा बन्द हुने गर्दछ ।

ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोबाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवाग्राही छन् ।