पौष २८ः कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
उनीमाथि कपिलवस्तु कृष्णनगर नगरपालिका(६ श्रीनगरकी २१ वर्षीया किसलावती चमारको हत्या आरोप छ। किसलावती मुलायमकी श्रीमती थिइन्।
घटना २०७१ फागुन ३० गतेको हो। मुलायम किसलावतीलाई लिएर श्रीनगरस्थित ससुराली आएका थिए। त्यो दिन बेलुकी खाना खाएर उनीहरू त्यही सुतेका थिए। मृतक किसलावतीका बुवा ४९ वर्षीय सुखराम भने गोठमा सुत्न गएका थिए।
त्यही मौका छोपी मुलायमले आफ्नी श्रीमती किसलावतीलाई गाउँको दक्षिण (पश्चिममा रहेको खेतमा लगेर हत्या गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। हत्यापछि उनले आगो समेत लगाएको आरोप छ। सो घटनापछि उनी फरार भएका थिए।
बुवा सुखरामले आफ्नी छोरीको शव घटना भएको भोलिपल्ट फेला पारेका थिए। प्रहरीका अनुसार शव घरबाट अन्दाजी ३०० मिटर टाढा रहेको खेतमा काटिएको र जलाइएको अवस्थामा फेला परेको थियो।
प्रहरीले गोप्य सूचनाको आधारमा खोज्दा मुलायमलाई मंगलबार राति साढे १० बजे यशोधरा गाउँपालिका(६ रंगपुरस्थित नेपाल भारत दशगजा सिमानामा पक्राउ गरेको हो।