धर्मशाला त सेभेन स्टार होटल भन्दा कम देखिन् मन्त्री : प्रेमबहादुर आले

माघ २: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिको धर्मशाला हेरेपछि आफू अचम्मित भएको बताएका छन्।

आइतबार बिहान बतास समूहले पशुपती क्षेत्रमा सञ्चालन गरेको धर्मशाला निरीक्षण पश्चात आफू छक्क परेको अभिव्यक्ति दिएका हुन्।

निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटलजस्तो देखेर आफू छक्क परेको बताएका हुन्। धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा पाँच हजार ५सय र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको मन्त्री आलेले बताए।

उनले यस सम्बन्धमा छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर आउने समेत बताए। छानविन समितिको प्रतिवेदनमा जो दोषी देखिन्छ उसलाई कारवाहीको दायरामा ल्याउने पनि मन्त्री आलेले बताए।

बतास समूहले व्यवस्थापन को जिम्मेवारी लिएको धर्मशालामा चर्को शूल्क असुलिएको भन्दै गुनासो आएपछि आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित मन्त्री आले पशुपति पुगेका थिए।