उपत्यकामा आज बाट नयाँ नियम लागू के गर्न पाइन्छ, के पाइदैन (२७ बुँदे सूचीसहित)

माघ ४ : उपत्यकाका तीन वटा प्रशासन कार्यालयले कोरोना महामारीमा सावधानी अपनाउनुपर्ने भन्दै २७ बुँदे निर्देशिका जारी गरेका छन् ।

केही दिनअघि सरकारले जारी गरेको निर्देशिकासँग मिल्दोजुल्दो हुने गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरेका हुन् ।

जसमा माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा गर्न नपाइने आदेशमा उल्लेख छ। यस्तै विभिन्न गोष्ठी, सेमिनार, बैठकजस्ता क्रियाकलापहरु भर्चुअल माध्यमबाट गर्नु पर्नेछ।

यसैगरी माघ १५ गतेसम्म सिनेमा हाल, डान्सबार, दोहोरी, नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल सञ्चालन गर्न पाइने छैन। विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलापहरु पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा भनिएको छ।

आदेश आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ।

हेर्नुहोस् आदेश :