आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

माघ ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्ने कायक्रम तय भएको छ ।

दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जानकारि गराएको छ।

कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बुझिएको छ ।

गत २९ असारमा देउवा प्रधानमन्त्री भएका थिए । सर्वोच्च अदालतको परमादेशको बलमा उनी प्रधानमन्त्री चयन भएका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।